वि.सं.२०८३ भदौ १ सोमवार

बुटवलमा भोलि ५ दलीय गठबन्धनको चुनावी सभा

khanepani

बुटवल । नेपाली कांग्रेसले शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ ।

पाँच दलीय गठबन्धनले बुटवलको देवीनगर चौपारीमा आयोजना गरेको सभामा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण लगायत पाँच वटै दलका नेताहरुले सम्बोधन गर्नेछन् ।

बिहान ११ बजेदेखि सुरु हुने भनिएको सभामा जिल्लाभरबाट हजारौंको सहभागिता हुने अपेक्षा गरिएको नेपाली कांग्रेस रुपन्देही २ का सचिव प्रजापाल गिरीले बताए ।

ranechhap