वि.सं.२०८३ भदौ १ सोमवार

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, प्रहरीद्वारा खानतलासी

khanepani

विराटनगर । जिल्ला कारागार मोरङमा प्रहरीले खानतलासी सुरु गरेपछि कैदीबन्दीहरूले विरोध प्रदर्शन गरेका छन्। विराटनगर महानगरपालिका–८ स्थित कारागारमा सोमबार बिहान करिब ५ बजे सुरक्षाकर्मीको टोली पुगेर खानतलासी थालेपछि ब्लक ‘बी’ का कैदीबन्दीहरू छतमा चढेर प्रदर्शनमा उत्रिएका हुन्।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल र जिल्ला प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली कारागार परिसरमा खटिएको छ।

विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई अन्यत्र स्थानान्तरण गर्ने र नियमित सुरक्षा जाँच गर्ने प्रशासनको तयारी थियो। तर, खानतलासी सुरु भएलगत्तै कैदीबन्दीहरूले प्रहरीलाई अवरोध गर्दै प्रशासनले आफूहरूलाई बारम्बार दुःख दिने गरेको आरोप लगाएका छन्।

ranechhap