काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमसीसी पाइ भइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भनेर उनीहरु छलफलमा जुटेका हुन् ।
राजदूत नियुक्ती, सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा उनाीहरुबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।







































