वि.सं.२०८३ असार १७ बुधवार

राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ

khanepani

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाले राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा अध्यक्ष दाहालले संघ सरकारका मन्त्रीहरूलाई त्यस्तो निर्देश गरेका हुन् ।

‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशीक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,’ अध्यक्ष दाहालले बैठकमा निर्देश गर्दै भने ।

त्यस अघि आजकै बैठकमा सांसदहरूले शून्य समयमा उठाएका जनताका प्रश्नको जवाफ सरकारले नदिएको भन्दै नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएका थिए ।

ranechhap