वि.सं.२०८३ वैशाख २२ मंगलवार

कैलालीमा लागुऔषध हिरोइनसहित २ जना पक्राउ

khanepani

धनगढी । कैलालीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले लम्कीचुुहा नगरपालिका-३ का २२ वर्षीय वीरेन्द्र बिष्ट र २८ वषर्ीय राजु सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले विशेष सूचनाका आधारमा बिष्टको घर खानतलासी गर्दा उनीहरू दुवै जना बिक्री वितरणका लागि लागुऔषध (खैरो हिरोइन)को पोका बनाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

उनीहरूको साथबाट पोका पारिएको प्लाष्टिक, धागोसहित १२ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन बरामद गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

ranechhap