वि.सं.२०८३ वैशाख १७ बिहीवार

डोटीमा असिनाले तरकारी र हिउँदेबाली नष्ट

khanepani

डोटी । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मुला, प्याजलगायत साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।
बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार-४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्‍याएको छ ।

यसैगरी भित्र्याउन लागेको अदुवा खेतीलाई पनि असिनाले क्षति गरेको स्थानीयवासी बताउँछन् । सुन्तला र कागतीका दानासमेत असिनाले झारिदिएको बताइएको छ ।

ranechhap