वि.सं.२०८३ जेठ ३१ आइतवार

शेखर कोइरालाले आफू पक्षका नेतालाई छलफलमा बोलाए

khanepani

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो ३ बजे छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।

१४ औं महाधिवेशनमा कांग्रेसको १३ पदाधिकारीमा उम्मेदवारी दिएकामा कोइराला समूहबाट ४ जनामात्रै निर्वाचित भएका छन् ।

सभापति शेरबहादुर देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेतहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन् ।

ranechhap