वि.सं.२०८३ जेठ ३१ आइतवार

राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं

khanepani

काठमाडौँ । नयाँ पार्टी गठन गर्न लागेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले यस्तो आरोप लगाएका हुन् ।

‘राप्रपा पार्टी भनेको राजा र धर्म साट्ने, भोट लिने सांसद बन्ने, भत्ता सत्ता खाने गाडी चढ्ने मात्र हो’, प्रसाईंले भने, ‘विकास र जनतासँग के मतलब, तर हामीलाई त्यसो गर्नु छैन ।’

उनले सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै आफू सत्य बोल्न नडराउने समेत बताए ।

ढाँट्न नआउने व्यक्तिका रूपमा आफूलाई परिचित गराउँदै प्रसाईंले अगाडि भने,‘‘बरु जुन दिन राजसंस्था फर्किन्छ, त्यो दिन पहेँलो लुगा लगाए खप्तड गएर बसौँला’।

वर्तमान बालेन शाह नेतृत्वको सरकार र रास्वपा पनि धेरै नटिक्ने भन्दै प्रसाईंले कांग्रेस, एमाले, माओवादी र राप्रपा अब उठ्न नसक्ने समेत बताए।

उनले राजेन्द्र लिङ्देन आइआरआईको सदस्य भएको आरोप लगाउँदै देशका धेरै नेताहरू गद्दार रहेको टिप्पणी समेत गरे।

‘आमा, छोरी र देश बेच्नेहरू अपराधी हुन् । सुस्तामा जनताले सीमा रक्षा गर्नुपरेको छ’, प्रसाईंले भने, ‘प्रधानमन्त्रीले त्यस्तो कुरा बोल्छन् रु अनि दरबारको फाइल खोल्छु भनेर हिँडेका छन्।’

ranechhap