रूपन्देही । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१५ मा ६३ वर्षीय बुवाले गरे ४३ वर्षीय छोराको हत्या गरेका छन् ।
प्रहरीका अनुसार घरायसी विवाद हुँदा बुवाले धारिलो हतियार प्रहार गरी छोरोको हत्या गरेका छन् । सो वडाको चिन्तामणी टोलका ६३ वर्षीय डम्मर गिरीले ४३ वर्षीय छोरा शंकरमाथि खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरको उपचारको क्रममा नयाँ मेडिकल कलेज, भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी डिएसपी अनिल पण्डितले जानकारी दिए ।
खुर्पा प्रहार गर्ने डम्मरलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृया अघि बढेको उनले जनाएका छन् ।






































