वि.सं.२०८३ जेठ १७ आइतवार

सरकारले मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्छ : अर्जुननरसिंह केसी

khanepani

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त माग गरेका हुन् ।

सांसद केसीले जेनजी आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरी सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २४ गतेको घटनालाई बेवास्ता गरेको प्रतिवेदन ल्याएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

नेता केसीले भने, ‘२३, २४ भदौको जेनजी आन्दोलनपछिको गौरीबहादुर कार्कीको जुन प्रतिवेदन छ । त्यो औपचारिक रूपमा प्रकाशित हुन सकेको छैन । त्यो औपचारिक रूपमा प्रकाशित हुनु पर्दछ । र, सांसदका प्रत्येक सदस्यले हातहातमा पाउनुपर्दछ । २४ भदौलाई कार्कीजीको प्रतिवेदनले ब्ल्याकआउट नै गरेको हामीले बुझेका छौँ । २४ भदौमा देशमा जुन खालको विध्वंशात्मक घटना घटयो । त्यो घटनाको छानबिनका लागि निष्पक्ष तत्कालै आयोग बनाउनुपर्दछ । राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानु पर्दछ ।’

सांसद केसीले सरकारले जेनजी आन्दोलनको घटनाको छानबिनको विषयलाई गम्भीरतपूर्वक लिनुपर्ने पनि बताए ।

ranechhap