वि.सं.२०८३ जेठ १५ शुक्रवार

जनतालाई मालिक बनाउने गणतन्त्रको विकल्प कुनै वंशवादी व्यवस्था हुन सक्दैन : भीष्मराज आङ्देम्बे

khanepani

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गणतन्त्रको विकल्पमा कुनै वंशवादी व्यवस्था हुन नसक्ने बताएका छन्। गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको दिन नेपाली इतिहासको एउटा निर्णायक मोड हो । यो व्यवस्था कुनै संयोगबाट प्राप्त भएको होइन; नेपाली जनताको लामो संघर्ष, बलिदान, त्याग र लोकतान्त्रिक चेतनाको परिणामस्वरूप स्थापित ऐतिहासिक उपलब्धि हो । गणतन्त्रले नेपाली जनतालाई राज्यको वास्तविक मालिक बनाएको छ भने समावेशिता, समानता, सामाजिक न्याय र नागरिक स्वतन्त्रताको आधार पनि यही व्यवस्थाले सुनिश्चित गरेको छ ।’

गणतन्त्र नेपाली जनताको सार्वभौम अधिकारको प्रतीक भएको जिकिर गरे ।

उनले थपेका छन्, ‘यसको विकल्प कुनै निरङ्कुश, वंशवादी वा जनउत्तरदायित्वविहीन व्यवस्था हुन सक्दैन । लोकतान्त्रिक प्रणालीभित्रै रहेर सुधार, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै जनविश्वास अझ बलियो बनाउनुपर्छ । यही मार्गबाट मात्रै समुन्नत, समावेशी र समृद्ध नेपाल निर्माण सम्भव छ ।’

ranechhap