काठमाडौं । सरकारले दलित बालबालिकाको बाल पोषण भत्ता मासिक १ हजार कायम गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।
उनले भने,’देशैभरको दलित बालबालिकालाई उपलब्ध गराउँदै आएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक १ हजार बनाएको छु ।’

























