वि.सं.२०८३ जेठ १५ शुक्रवार

नेपाली बजारमा सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

khanepani

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस अघि बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार १४० रुपैयाँ कायम गरिएको छ ।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ४ हजार ३२० रुपैयाँ ५० पैसा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको महासंघले जनाएको छ ।

ranechhap