वि.सं.२०८३ जेठ १२ मंगलवार

गयरातिको हुरीबतासले पोल ढालेपछि सुनसरी-मोरङका अधिकांश ठाउँमा विद्युत अवरुद्ध

khanepani

विराटनगर । गयरातिको हुरीबतासले पोल ढालेपछि सुनसरी-मोरङका अधिकांश ठाउँमा विद्युत अवरुद्ध भएको छ ।

सुनसरीको दुहवी र मोरङको बेलबारी क्षेत्रमा बिजुलीको पोल ढल्दा विद्युत अवरुद्ध भएको हो, केही स्थानमा तार चुँडिएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार मोरङको बेलबारीमा हाइटेन्सन प्रसारण लाइनका २२ वटा पोल ढलेका छन् ।

यस्तै दुहवीमा ३३ केभी प्रसारण लाइनमा समस्या भएको छ । ४ सय केभीको ४ वटा पोलमा पनि क्षति पुगेको छ ।

विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख कमल आचार्यले विद्युत सेवालाई आज साँझसम्ममा अस्थायी रूपमा सुचारु गर्ने तयारी भइरहेको बताए । उनले संरचनाहरूमा पुगेको क्षतिका कारण पूर्ण रूपमा अवरोध र स्थायी रूपमा विद्युत सुचारू हुन भने केही दिन लाग्ने देखिएको छ ।

‘लाइन पूर्ण सुचारु गराउन धेरै समय नलागे पनि भाँचिएका पोलहरू फेरेर पुरानै अवस्थामा ल्याउन भने दुई-चार दिनको समय लाग्छ । गर्मीका कारण बेलुकाको समयमा ‘पिक लोड’ बढी हुने भएकाले वैकल्पिक व्यवस्था गर्दा पनि केही ठाउँमा लोड नपुग्ने समस्या हुन सक्छ’, उनले भने ।

ranechhap