वि.सं.२०८३ जेठ ४ सोमवार

विस्तापितहरूसँग सुनिल सम्सालले भने सरकारले दशैँसम्ममा लालपुर्जा दिन्छ, आन्दोलनमा नजानुहोस्

khanepani

रूपन्देही । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सरकारले आगामी दशैँसम्म विस्थापित सबै सुकुम्बासीले पुर्जा पाउने बताएका छन् । उनले सरकार विस्तापित भूमिहिनहरूप्रति गम्भीर भएकाले अहिले आन्दोलन गर्नुको अर्थ नरहेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै मन्त्री लम्सालले कसैको उक्साहटमा आन्दोलनमा नजान अनुरोध गरे । उनले भने, ‘हामी भनेको गफ नदिइकन काम गर्ने टोली हो । सधैँ त्यसै गर्नेवाला हो । हामीले पहिलो क्याबिनेटको बैठकमा सुकुमबासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढाएका छौँ,’ उनले भने, ‘त्यो सधैंको लागि समाधान गर्ने भनेर ५ कार्ययोजना बनायौँ, क्याबिनेटमा १०० दिनभित्र यसको के के गर्ने, के के गर्ने, के के गर्ने, एकदम टाइमलाइन अनुसार गएका छौं ।’ उनले भने, ‘अब यसमा काठमाडौँको केस भनेको त एकदमै अलग हो नि त । अरूलाई ढाँट्न त भएन नि, वर्षामा मान्छेहरू मरेको, समस्या भएकाले उनीहरुलाई विकलप चाहिएको हो ।’

उनले भने, हाम्रो काम गर्ने जुन शैली छ त्यही रफ्तारमा हिँडेका छौँ, दशैँसम्म सबैले पुर्जा पाउछन् अहिले आन्दोलन गर्नुको कुनै अर्थ छैन, आन्दोलनमा नजानुहोस् ।’

ranechhap