वि.सं.२०८३ वैशाख ३१ बिहीवार

महावीर पुनको चिन्ता: प्रधानमन्त्री संसदमा नआएको कुरा अन्तर्राष्ट्रिय मिडियाले थाह पाए के होला ?

khanepani

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको छलफलमा उपस्थित नभएको प्रति आफ्नो धारणा राखेका छन् ।

पुनले बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफलमा बोल्दै प्रधानमन्त्रीलाई सदनमा ल्याउन खोज्ने र प्रधानमन्त्रीको आउन नचाहने प्रयास चलिरहेको बताए ।

उनले भने- ‘हामीले पनि उहाँलाई ल्याउने कोसिस गरिरहेका छौँ । उहाँ पनि नआउने कोसिस गरिरहनुभएको छ । यो हाम्रो आन्तरिक कुरा होस् । भोलि चाहिँ इन्टरनेशनल मिडियामा गए के होला ?’

पुनले अन्तर्राष्ट्रिय मिडियामा पाइरहेको प्रधानमन्त्रीको ख्याको चिन्ता गर्दै भने- ‘प्रधानमन्त्रीज्यू इन्टरनेशलन मिडियामा प्रख्यात हुनुभएको छ । यो विचार नगर्दा ख्याति चाहीँ कता जान्छ कि । इन्टरनेशनलले नसुने त ठिकै छ ।’

पुनले सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय अलग बनाएकोमा सरकारलाई धन्यवाद दिए । तर उनले मन्त्रालयको नाममा अनुसन्धान समेत हुनुपर्ने बताउदै सुधार गर्न सुझाव समेत दिए । पुनले मन्त्रालय मात्र खडा गरेर नहुने भन्दै पुँजीगत खर्चको १ प्रतिशत बजेटसमेत छुट्याउन माग गरेका थिए ।

ranechhap