वि.सं.२०८३ असार १ सोमवार

जुन जोगी आए पनि कानै चिरेको, खाने मामलामा पुरानाभन्दा नयाँ अगाडी

khanepani

काठमाडौं । हिजो भ्रष्ट भनेर चिनिएका दलका नेताहरुले पालेका भ्रष्ट कर्मचारीहरु नै नयाँ जान्ने मन्त्रीले रुचाएपछि इमानदारहरु दिक्क भएका छन् ।
खानेपानी मन्त्रालय अन्तरगतका आयोजना, विभाग र समितिमा एमाले केपी शर्मा ओलीले रुचाएका प्रदिप यादवले पैसा खाएर सरुवा गरिएका एमाले र नेपाली कांग्रेसको घाम र रुखलाई भोट माग्दै आर्थिक सहयोग गर्ने विरुद्ध चुनाव अघि घण्टी बजाउनेहरु यतिखेर जिल्लराम भएका छन् ।

हिजो एमाले र नेपाली कांग्रेसलाई आर्थिक सहयोग गर्ने र उनीहरुको चुनाव चिह्र र तिनै नेताहरुको गुनगान गाएर नथाक्नेहरु आजका मन्त्रीहरुको पनि उस्तै प्यारा भएपछि नयाँको वकालत गर्नेहरु आश्चार्य चकित भएको पाइएको छ ।

सरुवामा पैसा खान माहिर प्रदिप यादवले खानेपानी विभागको महानिर्देशक बनाएका कमलराज श्रेष्ठको खानेपानी मन्त्री निशा मेहत्ता र उनका स्वकिय सचिव निरोज कटुवालदेखि खानेपानी मन्त्रालयका सचिवसमेतलाई श्रेष्ठले आफ्नो वहसमा राख्न सफल भएका छन् ।
श्रेष्ठकै डिजाइन अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यन्वयन निर्देशनालयका पूर्व पीडी लक्ष्मीप्रसाद उपाध्यायले नै आयोजना चलाइरहेको सिकायत मौखिक र लिखित रुपमा मन्त्री र सचिवलाई जानकारी गराउदाँ समेत आर्थिक चलखेल गरेर कानमा तेल हालेर बसेको र उनीहरुकै कुरा सुनी उनीहरुकै सुझाव अनुसार काम गरेको खानेपानी मन्त्रालय स्रोतले दावी गरेको छ ।

यतिबेला पैसा पुरानालाई मात्र हैन नयाँलाई त झन् बढी नै चाहिने रहेछ भनेर श्रेष्ठ र पिआईडीका भुक्तभोगीहरुले आफू निकटहरुसँग भन्दै हिंडेका छन् । मन्त्री निशाले आयोजनाको सवारीसाधन पनि प्रयोग गर्दै आएकी छन् । उनी सवारी साधन प्रयोग गर्नेमा प्रदिप यादव वरावर नै रहेको जानकारवालाहरुले बताएका छन् ।

खानेपानी मन्त्री निशाको दवाव थेग्न नसकेर मेलम्ची विकास समितिका कार्यकारी निर्देशक रामगोपाल श्रेष्ठले पदबाट राजीनामा नै दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ । उनको जागीर अझै एक बर्ष बाँकी नै थियो । मन्त्री र सचिवले मेलम्चीका भागेको ठेकेदार कम्पनीलाई कानूनी वापतको पैसा भुक्तानी दिन दवाव दिएपछि उनी उक्त दवाव थेग्न नसकेर जागिरबाटै राजिनामा दिन बाध्य भएका थिए ।

विदेशी दातृनिकायहरुको हित र उनीहरुको पक्षमा काम गर्ने रास्वपाका सांसदहरुले समेत यो भुक्तानी दिन दैनिक मानसिक दवाव दिन थालेपछि श्रेष्ठले राजिनामा दिएको समाचार स्रोतले दावी गरेको छ ।

खानेपानी विभागका महानिर्देशकले कार्यालय र आयोजनाबाट उठाएको पैसा मन्त्री, सचिव र मन्त्रालयका प्रशासन महाशाखाका सहसचिवलाई दिएको कुरा स्वयं श्रेष्ठले दारु खाएको झोंकमा कुनै दुताबास निकट स्टार होटलको रेष्टुरेन्टमा बताएका थिए ।
यो पैसामा खानेपानी विभागका महानिर्देशक र उपमहानिर्देशकवीच माछापच्छि हुदाँ, दवाव छ मैले खाएको छु र ? भन्दै महानिर्देशकले झर्को फर्को गरेका थिए ।

निर्माण र डिपीआरको काम गरेर उनले २ करोड पैसा उठाएको पनि समाचार स्रोतले दावी गरेको छ । पैसा दिनेहरुमा विभागमै संचालित आयोजनाहरु, चितवन खानेपानी कार्यालयका प्रमुख शेखर चन्द्र केसी, लम्जुङ्गका उत्सब पोख्रेल, अहिले सरुवा भएका विराटनगरका चौधरी, भक्तपुरका पूर्णप्रसाद उपाध्याय, जनकपुरका मिहिर चन्द्र आचार्य, विरगञ्जका पिपुलकुमार लाल दास, रामेछाप, धनकुटा, बुटवल, पोखरा, सुर्खेतका मनोजराज दैवज्ञ, कञ्चनपुरका वीरेन्द्र कँडेल र डडेल्धुराका अरुणकुमार कर्णले जनही १५ लाखका दरले बुझाएको कुरा विभागका उपाध्याय थरका उपमहानिर्देशकले दरवारमार्गको एक होटलमा दारु खाएर कमलराज श्रेष्ठलाई मुख नै छोडेको समाचार स्रोतले दावी गरेको छ ।
श्रेष्ठले मन्त्री निशाका स्वकीय सचिवलाई १ करोडभन्दा माथि दिएको पनि समाचार स्रोतले दावी गरेको छ ।

केयुकेएलको सिइओ अशोक कुमार पौडेलको राजीनामा स्वीकृत गरेर सञ्चालन समितिकै सदस्यलाई सञ्चालक तोक्न समेत कमलराज श्रेष्ठले चलखेल गरिरहेका छन् । उनी कहिले विभागकै सिडिइलाई बनाउनु पर्छ भन्छन् त कहिले केयूकेएलकै राईको नाम लिन्छन् ।
नेपाली जनताबाट साभार गरिएको हो ?

ranechhap