वि.सं.२०८३ वैशाख १० बिहीवार

सांसदको हस्ताक्षरबारे एमाले कार्यदल बैठकमा माधव पक्षका रावल एक्लिए, हस्ताक्षर दुरुपयोग भएको अन्यको तर्क

khanepani

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित वार्ता टोलीको बैठक शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बारे माधव नेपाल पक्षका सदस्यहरु वीच नै मत बाझिएको छ ।

करीव डेढ घण्टाको छलफल पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै सांसदले हस्ताक्षर गरेको कुरा उठेपछि त्यसमै केन्द्रित रहेको वार्ता टोली संयोजक सुवास नेम्वाङले बताए ।

नेम्वाङका अनुसार वार्ता टोलीमा रहेका सुरेन्द्र पाण्डे,घनश्याम भुसाल र गोकर्ण विष्टले देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए । माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।

यसमा अरु सांसदहरुले रावलको भनाई खण्डन समेत गरेका छन । उनीहरुले शेरबहादुरलाई आफ्नो मत नरहेको समेत जानकारी गराएका थिए ।
रावलको भनाइ उदृत गर्दै एक वार्ताकारले भने–शेरबहादुरलाई प्रधानमन्त्री नबनाई संसद विघटन रोक्न नसकिने भइयो,त्यसैले हस्ताक्षर गरेका हौं । प्रधानमन्त्रीको नियत संसद विघटन गर्ने देखियो र उहाँको नियत पार्टी एकताको पक्षमा पनि देखिएन ।

मुख्य एजेण्डामा खासै छलफल हुन नसकेपछि अर्को बैठक आपसी समझदारीमा तय गर्ने गरि आफूहरु उठेको नेम्वाङले बताए । यसबीचमा आफ्ना आन्तरिक छलफल र गृहकार्य हुने उनले जानकारी दिए ।

ranechhap