वि.सं.२०८३ जेठ १४ बिहीवार

८० वर्षीया वृद्धासहित २ सयभन्दा बढी अंगदातालाई किष्ट शिक्षण अस्पतालले गर्‍यो सम्मान

khanepani

काठमाडौं । किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ ।

मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याएबापत सम्मान तथा कृतज्ञता व्यक्त गर्न विशेष समारोह आयोजना गरिएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, विभिन्न नगर प्रमुख, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताको उपस्थिति थियो ।

अस्पतालले हालसम्म २०२ जनाको मिर्गौला र १५ जनाको कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिसकेको कार्यक्रममा जानकारी दिइएको छ । अस्पतालले जटिल मानिने ‘ड्युल ट्रान्सप्लान्ट’ (Dual Transplant) नेपालमै पहिलो पटक सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीया तथा सबै भन्दा कम उमेरका १९ वर्षीय बिरामी छन् ।

अस्पतालले क्यान्सर पहिचान भएकी ८० वर्षीया महिलाले चिकित्सकीय रूपमा अंगदान योग्य भएपछि दिएको अंगबाट आफन्तको जीवन बचाउन सफल भएको जनाएको छ ।

ranechhap