वि.सं.२०८३ वैशाख ११ शुक्रवार

देउवालाई प्रधानमन्त्री बनाउन एमालेका अधिकांशले हस्ताक्षर नगरेको बताए, पहिलेकै हस्ताक्षर दुरुपयोग भएको दावी

khanepani

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

आफू एमाले विभाजन कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले बताए । उनले भने, “म एमाले एकताको पक्षमा छु। एमालेका लाखौं नेताकार्यकर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन ।

विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्नेहरुमा एमालेको माधव नेपाल पक्षका सांसद पनि छन् । नेपाल पक्षका २७ सांसदको हस्ताक्षर रहेको बताइएको छ।

नेपाल पक्षका सुरेन्द्र पाण्डे, जयकुमार राई लगायतले आफूहरुको हस्ताक्षर नगरेको भनिएकोमा योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न असहमत भएका छन्। भट्टराई निकट स्रोतले उनले हस्ताक्षर नगरेको जानकारी दियो।

ranechhap