वि.सं.२०८३ साउन २० बुधवार

मल किन्न जाँदा भारतमा पक्राउ परेका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतको आदेश

khanepani

काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका सर्लाहीको बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार दुवै जनालाई छाड्न अदालतले आदेश आएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए ।

सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेश कुमार झाको एकल इजलासले सिंहद्वयलाई जमानतमा छाड्न आदेश दिएको हो । किसानहरूका तर्फबाट संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए ।

यद्यपि उनीहरू बिहिबार मात्र छुट्ने भएका छन् । अविनाशले अनलाइनखबरसँग भने, ‘धरौटीमा छाड्न आदेश दिएको छ । भारतकै आधार कार्ड भएका दुई जना साक्षी बसेपछि भोलि छुट्नुहुन्छ ।’

सुरेशप्रसाद र नागेन्द्रप्रसाद भारतको सीतामढी जिल्लाको सोनबर्षाबाट १७ असारमा पक्राउ परेका थिए । १८ असारमा जेल चलान भएका उनीहरूको रिहाइको माग राखेर दर्ता भएको निवेदनमाथि १५ साउनमा सुनुवाई हुने भनिएको थियो ।

न्यायाधीश बिदा बसेका कारणले बुधबार बल्ल सुनुवाइ भएको हो । उनीहरूलाई डिएपी र युरिया मल लिएर आउँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो ।

ranechhap