वि.सं.२०८३ वैशाख ३ बिहीवार

संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा जुटे विपक्षी दलहरू

khanepani

काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी सबै समिति सभापतिमा उम्मेदवारी दिनेबारे छलफलमा छन् ।

‘उम्मेदवारी दिऔं । जीत/हार स्वाभाविक छ’ संयुक्त छलफलमा रहेका एक नेताले भने ।

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यस अघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।

यो विषयमा नेपाली कांग्रेसबाट मोहन आचार्य र भिष्मराज आङदाम्बेले अन्य विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र युवराज दुलाल दलहरूसँग संवादमा छन् ।

दिउँसो १२ बजे विपक्षी दलका नेताहरूको संयुक्त छलफल समेत छ । त्यसले उम्मेदवारी दिने वा नदिने र उम्मेदवारी दिँदा कुन समितिमा कसलाई उम्मेदवार बनाउने भनेर तय गर्ने छ ।

ranechhap