चितवन । पछिल्लो मतगणना अनुसार चितवन–३ मा रास्वपाकी सोविता गौतम फराकिलो मतान्तरले अगाडि देखिएकी छन् । उनीले नेकपाकी रेनु दाहालभन्दा साढे चार हजार बढी मत पाएकी छन् ।
चितवन ३ को अहिलेसम्म १९ हजार ४५ मत गणना हुँदा सोवितालाई ९ हजार ८ सय ७९ मत आएको छ भने रेनुले ५ हजार २ सय ५६ मत पाएकी छन् ।
जसअनुसार यतिबेला रेनुभन्दा सोविता ४ हजार ६ सय २३ मतले अगाडि देखिएकी छन् ।
अन्यमा एमालेका शंकर थपलियाले १४ सय ६५ र कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन्।







































