वि.सं.२०८३ वैशाख ३ बिहीवार

किसानलाई समयमा मल पुर्‍याउनेदेखि बाँदर खेद्नेसम्मका काम गरिरहेका छौँ : गगन थापा

khanepani

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले विगत ७ वर्षदेखि आफूले टिम बनाएर नियमसंगत काम गरिरहेका जिकिर गरेका छन् । उनले किसानलाई समयमा मल पु¥याउनेदेखि लिएर कसरी बाँदर खेद्ने भन्नेसम्मको काम आफूले टिम बनाएर गरिरहेका बताए ।

उनले सिस्टम नबनाएसम्म देश नबन्ने भनेर आफ्नो पार्टीले विगत ७ वर्षदेखि सिस्टमेटिक तरिकाले काम गरिरहेको बताए ।

बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सिस्टम बनाएर निमसंगत ढङ्गबाट गतिका साथ काम गर्नको लागि आफूले ७ वर्षदेखि काम गर्दै आइरहेको बताए।

उनले भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्‍याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ला काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’

सभापति थापाले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा शुक्रबार बुटवलबाट पार्टीका नेता कार्यकर्तालाई चुनावअघि घरघर जान निर्देशन दिए।

ranechhap