सिन्धुली । सिन्धुलीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै मदिरा बिक्री-वितरणमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले सूचना जारी गर्दै फागुन १४ गतेदेखि निर्वाचनको परिणाम नआउदासम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण र सार्वजनिक स्थानमा सेवन पूर्ण रूपमा निषेध गरेको छ ।
कार्यालयले सूचनाको उल्लंघन भएमा प्रचलित कानून अनुसार कडा कारबाही गरिनेछ। साथै सुरक्षा निकायहरूले पनि निषेधको पालना अनुगमन गर्ने बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणसँग सहयोगको अपेक्षा गर्दै निर्वाचनको समयमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यो कदम चालिएको बताएका छन् ।









































