वि.सं.२०८२ चैत ३० सोमवार

केयुकेएलमा सिइओ पौडेलको खुवाबासी, विचौलिया सबै राईको कब्जामा

केयुकेएल सफल बनाउन राई समुहका केहि कर्मचारीहरुलाई कि जिम्मेवारीबाट हटाउनु पर्छ कि उनीहरुलाई कारवाहि गर्नु पर्छ हैन, भने केयूकेएल एकदिन विघटन गर्नु पर्ने अवस्थामा पुग्ने निश्चिित रहेको केयुकेएलका पूर्व कर्मचारीहरुको तर्क रहेको छ ।

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले स्थापना कालदेखि मनाउदै आएको बार्षिकउत्सव यस पटक नालयक व्यवस्थापनका कारण मनाएन ।
विगत बर्षकै झै निक्कै तामझामका साथ बार्षिकउत्सव मनाउने तयारी गरेको केयूकेएलले अन्तिम समयमा संचालक समितिले प्रतिनिधिसभाको निर्वाचनलाई कारण देखाउदै बार्षिकउत्सव सामान्यरुपमा मनाउन सहमति दिएको थियो । तर, डुवानमा परेको केयुकेएलको भ्रष्ट व्यवस्थापनका केहि लोभीपापीहरुले लुटेर खान नपाउने भएपछि बार्षिकउत्सवका केहि कार्यक्रमहरु गरेर बार्षिकउत्सव नमनाएको सरोकारवालाहरुले बताएका छन ।

सदाझै बबरमहलको कार्की पार्टी प्यालेसमा बार्षिकउत्सव मनाउने र कर्मचारीहरुलाई पनि सो दिन अर्थात फाल्गुण १ गते विदा दिने तयारी गरेको थियो । व्यवस्थापनका अतिभ्रष्ट प्रकाशकुमार राईको संयोजकत्वमा बार्षिक उत्सव समिति बनेको भएपनि केयूकेएलको सौदाबाजी समितिभित्र खितलो भएपछि समितिले बार्षिकउत्सवका मुख्य कार्यक्रमहरुमा भाग नलिने र समितिमा पनि नबस्ने भन्दै सिइओ अशोककुमार पौडेललाई पत्रचार गरेको थियो ।

केयुकेएलको एकिकृत सौदाबाजी समितिबाट केयुकेएलको गोपालसिंह थामिले नेतृव्व गरेको एकिकृत स्वतन्त्र कर्मचारी संगठनले समितिबाट अलग हुने निर्णय गरेपछि केयूकेएलमा लुटिखाने कर्मचारीहरुवीच तनावको स्थीति उत्पन्न भएको छ ।
केयूकेएलमा सिइओ अशोककुमार पौडेल र अर्थ तथा प्रशासन विभाग प्रमुख प्रकाशकुमार राईवीच शितयुद्ध नै चलिरहेको छ । पौडेलले नरुचाएका केहि शाखा प्रमुखहरुलाई राईले काखिच्यापेका छन भने पौडेलले विश्वास गरेका विक्रम आर्चाय प्रकाशकुमारको भ्रष्टचारी समुहसँग मिलेका कारण सिईओ पौडेल एक्लो भएका छन ।

सिइओ पौडेललाई दशतहका केहि प्राविधिक, केहि निम्मस्तरका कर्मचारीहरु र केहि शाखा प्रमुखहरुको मात्र सहयोग रहेको छ । तिनै उनका सहयोगिलाई समेत राई समुहले अनेक वहाना बनाउने र सताउने काम गदै आएका छन ।
विक्रम आर्चाय केयुकेएलका आईटि इन्जिनियरबाट प्रशासन नौ तहमा खुल्लाबाट आएपछि राहतको महशुस गरेका पौडेलका लागि जव आर्चाय राई समुहमा सामेलभएपछि, पौडेलका लागि हरियो साप सावित भएका छन ।
केयुकेएलका शाखाहरुमा राई समुहले अघोषितरुपमै व्यापार संचालन गरिरहेको तथ्य नेपाली जनताले फेला पारेको छ । केयूकेएलको महाकालचौर शाखा र महाराजगञ्ज शाखामा ग्राहकहरुलाई चाहिने फिटिङ, पानी मिटर, पाइप लगाएतका सामान कर्मचारीहरुले सेटिङमा ग्राहकलाई उपलब्ध गराउदै आएको तथ्य र प्रमाण नेपाली जनतालाई हालै प्राप्त भएका छन ।

यसरी व्यापार संचालन गर्नेमा राईको संरक्षणमा राईलाई समेत हप्ता बुझाउने गरि कार्यालय प्रमुखको समेत मिलेमतोमा काम भएको बुझिन आएको छ ।
लिक मर्मत, होलचेन्ज, नयाँ धारा जडान र पुराना धारा मर्मतका काममा समेत कर्मचारीहरुले सेटिङमा काम गदै आएका छन ।

आर्दशबादि सिइओ पौडेलको नाकको टुप्पामा यस्तो कालाबजारीया काम हुदाँ समेत उनी मुख दर्शक भएर बस्न बाध्य भएका छन । केयुकेएलका सिइओ पौडेललाई आफु मातहत र अन्य निकायमा समेत आफ्नै कर्मचारीले पत्रचार गर्दा समेत पछि थाहा हुने गरेको छ । विक्रमले प्रशासनको तर्फबाट पिआईडिमा गरेका अनाधिकृत पत्रहरुका कारण सिइओ अदालतसम्म तानिएका छन । त्यसैगरि सेवाकालिन तालिम प्रतिष्ठानमा समेत कर्मचारीहरुलाई विवादमा तानिने गरि भएको पत्रचारले केयुकेएलको विश्वासनियतामा संकट उत्पन्न भएको छ ।

राई र विक्रमको दवावमा श्रीलंका जाने तालिम पनि केयुकेएल संचालक समितिले स्थगित गरिदिएको छ । लेखा, प्रशासन र प्राविधिकतर्फका १५ जना कर्मचारीहरु केयूकेएलको खर्चमा श्रीलंका भ्रमणमा जाने तयारीमा थिए । उत्त तयारीको निमन्त्रण पत्र सहित नेपाली जनताले समाचार प्रकाशित गरेपनि उक्त भ्रमण स्थगित भएको हो ।
केयुकेएल सफल बनाउन राई समुहका केहि कर्मचारीहरुलाई कि जिम्मेवारीबाट हटाउनु पर्छ कि उनीहरुलाई कारवाहि गर्नु पर्छ हैन, भने केयूकेएल एकदिन विघटन गर्नु पर्ने अवस्थामा पुग्ने निश्चिित रहेको केयुकेएलका पूर्व कर्मचारीहरुको तर्क रहेको छ ।

ranechhap