काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्धातिर समयमा पार्टीको १५ औँ महाधिवेशन नहुने संकेत गरेका छन्।
किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अधिवेशन केही लम्बिन सक्छ। मैले सार्न खोजेको होइन। म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हो। अब पत्रकारहरूले शेखर समूहले महाधिवेशन सार्न खोज्यो भनेर लेख्छन् मलाई थाहा छ।’
उनले क्रियाशील सदस्य वितरणमा देशभरि सिरियल नम्बरबिनाको फारम पठाएकोप्रति आपत्ति जनाए।
उनले महामन्त्री गगन थापालाई लक्षित गर्दै भने, ‘देशभरि सिरियल नम्बर नभएको फारम पठाउने शेखर कोइराला होइन होला। कुनै अर्कोले पठाएको होला। मैले थाहा पाएपछि चनाखो भए।’






































