वि.सं.२०८३ असार १७ बुधवार

निजामती सेवा देशको शासन प्रणालीको मेरुदण्ड : मुख्यसचिव अर्याल

khanepani

काठमाडौँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले निजामती सेवालाई देशको शासन प्रणालीको मेरुदण्ड भएको बताएका छन्।

निजामती सेवा दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अर्यालले निजामती सेवा दिवसले कर्मचारीहरूलाई नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, जबाफदेही र समर्पणको भावनालाई थप बलियो बनाएको बताएका हुन् ।

सार्वजनिक सेवा प्रवाह, सुशासन र विकासका साथै सरकारका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नमा निजामती संयन्त्रको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

मुख्यसचिव अर्यालले कठिन परिस्थिति र चुनौतीपूर्ण समयमा पनि निजामती प्रशासन सक्षम रहेको स्पष्ट पारे। उनले अब ‘अड्डा र कागजमुखी’ प्रणालीबाट बाहिर निस्केर सूचना प्रविधिको प्रयोग गरी डिजिटल सेवातर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए।

उनले देशले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक र भौतिक प्रगतिमा पनि निजामती कर्मचारीहरूको उल्लेख्य योगदान रहेको दाबी गरे।

ranechhap