वि.सं.२०८३ असार १७ बुधवार

वेस्ट इन्डिजलाई हराउदै अस्ट्रेलिया महिला टी-२० विश्वकपको फाइनलमा

khanepani

काठमाडौं । अष्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गर्दै जारी आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा स्थान बनाएको छ ।

पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै अष्ट्रेलियासामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अष्ट्रेलियाले दुई विकेट मात्र गुमाएर १३ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित हात पारेको हो ।

अष्ट्रेलियाको जितमा ओपनर बेथ मुनीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ३६ बलमा अविजित ६१ रन बनाउँदै टोलीलाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण योगदान दिइन् ।

वेस्ट इन्डिजका लागि हेली म्याथ्युज र चिनेले हेनरीले समान एक-एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितसँगै अष्ट्रेलियाले आगामी आइतबार, जुलाई ५ मा हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेता टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेल इङल्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ ।

महिला टी–२० विश्वकपमा हालसम्म सर्वाधिक सफल टोली अष्ट्रेलियाको लक्ष्य अब कीर्तिमानी सातौँ उपाधि जित्ने रहेको छ ।

ranechhap