वि.सं.२०८३ असार १६ मंगलवार

थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्ने आदेश, दुर्गा प्रसाईं आजै निस्किने (आदेशको पुर्ण पाठ)

khanepani

काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि प्रक्रिया पूरा गरेर उनी आजै निस्कने तयारीमा रहेका छन् ।

सोमबार साँझ अदालतबाट आदेश सुनेर उनलाई डिल्लीबजार कारागार ल्याइएको छ । प्रसाईंलाई स्वागत गर्न उनका समर्थकहरुको भीड रहेको छ ।

प्रसाईंलाई अदालतले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालत पाटनले गत चैत १५ को तीनकुने आन्दोलनका प्रमुख योजनाकार दुर्गा प्रसाईं आपराधिक उपद्रवमा संलग्न भएको विश्वासिलो प्रमाण नभेटिएको जनाएको छ ।

न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र टंकप्रसाद गुरुङले उनलाई तीन लाख धरौटीमा छोड्ने आदेश गरेका छन् ।

यसअघि जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई आपराधिक उपद्रवको मुद्दामा थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो । उक्त आदेश आज उच्च अदालतले उल्टाएको हो

अदालतले भनेको छ, ‘….निज अभियोग दावी बमोजिमको आपराधिक उपद्रवको घटनामा निजको उपस्थिति र निजले प्रत्यक्षरुपमा सो कार्य गराउन लगाए, अह्राएको भन्ने विश्वासयोग्य प्रमाण पेश हुन सकेको देखिँदैन ।’

उच्चले गत २०८२ जेठ २९ मा जिल्ला अदालतले गरेको आदेश नमिलेको भन्दै बदर भएको जनाएको छ । तथापि, प्रसाईं समेतले आयोजना गरेको कार्यक्रमको सिलसिलामा व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति भएको तथ्य, उनी क्यान्सर पीडित रहेको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएको तथा समानताको सिद्धान्तलाई विचार गरी ३ लाख रुपैयाँ धरौटी लिन इजलासले भनेको छ ।

प्रसाईंविरुद्ध बैंकिङ कसुरको मुद्दा पनि थियो । त्यसमा भने न्यायाधीशले २५ लाख रुपैयाँ धरौटी मागेका छन् ।

१५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप ३ जनालाई पनि धरौटीमा छाड्न आदेश भएको छ ।

उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले दुर्गा प्रसाईंसँगै अरू ३ जनालाई पनि धरौटीमा छाड्न आदेश दिएको हो । प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी मागेको छ ।

दण्डपाणि रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरेको छ । राजसंस्थाको पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा सबिन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

कम्तीमा १९ जनालाई प्रहरीको गोली लागेको थियो । दर्जनौं घाइते भएका थिए ।

ranechhap