वि.सं.२०८३ असार १ सोमवार

नयाँ वैकल्पिक शक्तिसँग सहकार्यको लागि पहलकदमी लिने नेसपा नयाँ शक्तिको निर्णय

khanepani

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति)ले नयाँ वैकल्पिक शक्तिसँग सहकार्यको लागि पहलकदमी गर्ने निर्णय गरेको छ।

आज बसेको राजनीतिक संवाद समितिको बैठकले नयाँ दल, समूह वा व्यक्तिहरूसँग संवाद र सहकार्यको अघि बढाउने निर्णय गरेको हो।

विद्यमान राजनीतिक गत्यारोध र नागरिक तहमा बढ्दो वितृष्णाको निकास खोज्ने उद्देश्यले खोज्न नयाँ शक्तिहरु एकजुट हुनुपर्ने निष्कर्ष बैठकले निकालेको उपाध्यक्ष मानुषी यमीले बताइन्।

आजैमात्रै रास्वपाले पनि नयाँ वैकल्पिक शक्ति तथा स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउन नेतृत्व लिने भन्दै संवाद कार्यदल गठन गरेको थियो।

ranechhap