वि.सं.२०८३ असार ६ शनिवार

सडक विभागले भन्यो, ‘अवरोध हटाउन २७७ वटा उपकरण तयारी अवस्थामा छन्’

khanepani

काठमाडौँ । मनसुनका बेला बाढी पहिरोले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सडक विभागले देशभर २७७ वटा उपकरणहरू तयारी अवस्थामा राखेको जनाएको छ ।

विभाग अन्तर्गतका कार्यालयहरूमा ब्याकहोलोडर, डोजर ट्र्याक, एक्स्काभेटर ह्वीलोडर, क्रेन, टिपर ट्रक लगायत २४ किसिमका उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ ।

यसमध्ये पहिरोको जोखिम भएको साइड अवरोध हटाउनकै लागि १२३ वटा र निर्माण साइडमा भएका १५४ वटा उपकरण मनसुनका कारण हुने सडक अवरोध हटाउन तयारी अवस्थामा रहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए ।

‘हामीसँग २७७ वटा उपकरण जोखिमयुक्त क्षेत्रमा मर्मतका लागि तयारी अवस्थामा छन्,’ झाले भने, ‘मनसुनजन्य विपदबाट सडकमा हुने अवरोध तत्काल हटाउन जोखिमयुक्त क्षेत्रमा राखेका छौँ ।’

अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सडक अवरोध भए विभाग मातहतका कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।

ranechhap