वि.सं.२०८१ चैत ३ आइतवार

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो, आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।