गोरखा । गोरखामा शुक्रबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिका ७ क्यामुन्टारमा मात्रै ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
केही दिनअघि २९ जनामा संक्रमण पुष्टि भएपछि सो गाउँबाट १ सय ७३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएको थियो । उनीहरुमध्य ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
अन्य संक्रमित गोरखा नगरपालिकाका र आरुघाट गाउँपालिकाका रहेका छन् । गोरखा नगरपालिका ८ का ९ जना र आरुघाट गाउँपालिका ७ का एक जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।