वि.सं.२०८३ असार १६ मंगलवार

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत नेकपा एसले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

khanepani

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ७७ वटै जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

केन्द्रीय निर्देशन अनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।

पार्टीका प्रदेश र जिल्ला कमिटीले जिल्ला र प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन, पारदर्शीता, जवाफदेहीता लगायतका विषयहरु ज्ञापनपत्रमा समेटिएको जनाइएको छ।

केन्द्रीय कमिटीका तर्फबाट पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलिले बैशाख १७ गते प्रधामनन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै पुगेर ज्ञापनपत्र बुझाएको थियो।

पालिका र वडा पालिका कमिटीले बैशाख २२ गते ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। आन्दोलनद्धारा पार्टी निर्माण र मुलुकको समृद्धिका निम्ति पार्टीले गत चैत १ गते पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेको थियो।

ranechhap