वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाली बजारमा आज एकैदिन तोलामा २७ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap