वि.सं.२०८१ माघ ११ शुक्रवार

रूपन्देहीको तिलोत्त नगरपालिकामा ४३० जना जग्गाधनीले पाए लालपुर्जा

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ४३० जनाले जग्गाधनी दर्ता प्रमाण पुर्जा पाएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा पुनः नापीबाट तयार गरिएका जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको हो ।

नापी कार्यालय रुपन्देहीले वडाभित्रका ४३० जना जग्गाधनीलाई पुर्जा वितरण गरिएको नापी प्रमुख सुग्रिव यादवले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले यस पटक छुटेका जग्गाधनीले कार्यालयमा सम्पर्क गरी पुर्जाको प्रक्रिया थाल्न आग्रह गरे ।

मेयर खाणसहित उपमेयर जगेश्वरीदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नापी कार्यालय प्रमुख यादव, वडा नम्बर १३ का अध्यक्ष नारायण ढकाल, नापी अधिकृत सन्दिप ढकाललगायतले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेका थिए ।

लामो समयदेखि जग्गा उपभोग गर्दै आए पनि लालपुर्जाबाट वञ्चित नागरिकले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् ।