05, Dec, 2024

नेपाली बजारमा एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ कार्तिक २०८१, मंगलवार ११:०८ | ३ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।

सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२७ कार्तिक २०८१, मंगलवार ११:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading