वि.सं.२०८३ वैशाख २३ बुधवार

नेपाली बजारमा लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला मूल्य कति?

khanepani

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता दिएको हो।

लगातार सातौँ दिन पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो।

यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला आठ सय रूपैयाँ बढी हो।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap