वि.सं.२०८३ वैशाख ३ बिहीवार

दुई साता अघि कपिलवस्तुको महाराजगञ्ज घटनामा घाइते भएका एक युवकको मृत्यु

khanepani

रुपन्देही । करिव दुई साता अघि कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका जितेन्द्र यादवको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको आज चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी गराएको छ ।

गत चैत ७ गते वरगदा गाउँमा हिन्दुमुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले फायरिङ गरेका थिए। फायरिङका क्रममा पेटमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि चितवन लगिएको थियो।

उपचारमा संलग्न चिकित्सकका अनुसार घाइते यादवको अवस्था सुधार हुँदै गएको भन्दै उनलाई वार्डमा सारिएको थियो। तर वार्डमै उपचारका क्रममा उनको मृत्यु भएको हो।

ranechhap