वि.सं.२०८३ भदौ ४ बिहीवार

संसदीय समितिमा एमालेकै नाममै प्रतिनिधित्व गराउन माग

khanepani

काठमाडौं । नेकपा एमालेले संसदीय समितिहरुमा दलीय आधारमा सांसदहरुको प्रतिनिधित्व हेरफेर गर्न माग गरेको छ ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग प्रतिनिधित्व गराउन माग गरेको हो ।

बिहीबार प्रतिनिधिसभाको बैठकको सुरुमा समय लिएर बोल्दै एमाले सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा अहिले पनि एमाले सांसदहरु नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको बताए ।

यस्तो परिस्थिति निर्माण हुँदा संसदको क्रियाशीलतामा नै प्रभाव पार्ने भन्दै अधिकारीले यस्तो संविधान र कानुन विपरीत काम अन्त्य गर्न माग गरे । ‘हामी संविधान विपरीत रुपले समितिहरुमा नेकपा हुन सक्दैनौं । असंवैधानिक काम गर्न पनि हुँदैन, यस्तो काम गर्न उक्साउन पनि हुँदैन उनले बताए।

आफ्ना सांसदहरुले संसदीय समितिमा नेकपा एमाले भएरै प्रतिनिधित्व गर्न चाहेको भन्दै उनले सत्ता पक्षलाई बाध्य पारेर नेकपा हुनैपर्छ भन्न नमिल्ने बताए ।

संसदीय समितिमा आफ्नो संसदीय दलका प्रमुख सचेतकले दिएको नामावली अनुसार आफ्ना सांसदहरुको प्रतिनिधित्व गराउन पनि उनले माग गरे ।

जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले दलगत आधारमा विषयगत समितिमा सांसदहरुको हेरफेरबारे कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको बताए । उनले कार्यव्यवस्था परामर्श समितिबाट नाम प्राप्त भएपछि नाम हेरफेर हुने जानकारी दिए ।

ranechhap