14, Dec, 2024

नेकपा एसले भन्यो, ‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ’

बागमती भ्वाइस
बागमती भ्वाइस
२० असार २०८१, बिहीबार १६:१० | ५ महिना अगाडी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् ।

बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निवर्तमान महासचिव भुसालले आफूहरू पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए ।

प्रधानमन्त्रीलाई आफूहरूको समर्थन जारी रहेको उल्लेख गर्दै उनले पार्टीको नेतृत्व सर्व सहमतिमा टुंग्याउने प्रयास भइरहेको बताए ।

उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकताबद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरूको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरू त्यसै अनुरूप अगाडी बढेको बताए ।

नेतृत्व सर्वसम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ ।

उनले आफूहरूले भरसक निर्वाचनमा जान नचाहेको बताए ।

२० असार २०८१, बिहीबार १६:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading