16, Jul, 2024

रंगशालाको फ्लड लाइट बिग्रिहाले बनाउने जनशक्ति पनि रहेनछः खेलकुदमन्त्री

बागमती भ्वाइस
बागमती भ्वाइस
२० असार २०८१, बिहीबार १६:०५ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपालको खेलकुद शताब्दी अघिकै रंगशालामा निर्भर रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभाम बजेटका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद शताब्दी अघिको दशरथ रंगशालामा निर्भर रहेको बताएका हुन्।

त्यो पनि अन्तर्राष्ट्रिय मापदण्डको भए/नभएको बारे प्रश्न उठिरहने मन्त्री श्रेष्ठले बताए।

स्थलगत अनुगमनमा जाँदा फ्लड लाइट समेत मापदण्ड अनुसार नभेटिएको मन्त्री श्रेष्ठले राष्ट्रिय सभालाई जानकारी दिए। त्यति मात्रै होइन लाइट बिग्रिए बनाउने प्राविधिक समेत नरहेको उनले बताए।

‘फ्लड लाइट १२ देखि १६ सय ल्युमेन्स जम्मा ८ सयको छ,’ उनले भने, ‘ लाइटहरू फेर्न पर्‍यो भने नेपालमा जनशक्ति नै छैन। अहिले भएको प्राविधिकलाई अन र अफबाहेक अरू दक्षता रहेनछ,’ उनले भने।

उनले जिम्मेवार निकाय खेलकुद परिषद् र एन्फालाई छिमेकी राष्ट्रबाट भएपनि प्राविधिकहरू ल्याउन भनेको बताए।

उनले शताब्दी अघिकै रंगशालामा नेपालको खेलकुद निर्भर हुनु दुःखद रहेको पनि बताए।

‘राजाको पालामा बनेको रंगशालालाई अहिले पनि अन्तर्राष्ट्रिय मापदण्डको भनिरहेका छौं। त्यही समयको रंगशालामै निर्भर छ देशको खेलकुद,’ उनले भने।

आजको दिनसम्म एक शताब्दीअघिकै रंगशालामा भर पर्नुपर्ने कुरा राजनीतिकर्मीहरूदेखि सबैमाथि प्रश्न चिह्न उठ्ने पनि उनले बताए।

मन्त्री श्रेष्ठले २१ औं शताब्दीम बनेका आधुनिक रंगशालाहरूसँग दशरथ रंगशालालाई तुलना गरिएपनि कस्ता मापदण्डमा तयार गर्नुपर्छ भन्नेमा नलागिएको बताए।

‘त्यहाँभित्रको लोड बिअरिङदेखि जे जति सक्छ त्यसको मर्मत सम्भार चाहीँ भएको छ,’ उनले भने।

२० असार २०८१, बिहीबार १६:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading