29, May, 2024

उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाएको पदाधिकारी बैठक,बालुवाटारमा बिहान ८ बजेदेखि सुरु

बागमती भ्वाइस
बागमती भ्वाइस
६ चैत्र २०८०, मंगलवार ०८:५३ | २ महिना अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजेदेखि बैठक सुरु भएको हाे। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रचण्डले पदाधिकारी बैठक बोलाएको थिए ।

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका छन् । सोही विषयमा पनि छलफल भइरहेको उनले बताए ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा सोमबार बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको थियो ।

६ चैत्र २०८०, मंगलवार ०८:५३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading