वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेपाल भेटेरेनरी एशोसिएसनको अध्यक्षमा पुन: शितलकाजी श्रेष्ठ निर्वाचित

khanepani

काठमाडौं । नेपाल भेटेरेनरी एशोसिएसनमा नयाँ नेतृत्व चयन भएको छ ।

ललितपुरस्थित सानेपामा सम्पन्न साधारण सभाबाट पशु सेवा विभागका निवर्तमान महानिर्देशक डा।वंशी शर्मालाई पराजित गर्दै डा. शितलकाजी श्रेष्ठ पुनः तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
डा. श्रेष्ठले कुल खसेको ४८६ मतमध्ये ३८६ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्षमा निवर्तमान महासचिव डा.गृष्म न्यौपानेलाई पराजित गर्दै डा. कृष्ण काफ्ले निर्वाचित भएका छन् । महासचिव, सचिव, कोषाध्यक्ष र प्रधान सम्पादकमा क्रमश डा. अशेष भट्टराई, डा.रामचन्द्र सापकोटा, डा.सिकेश मानन्धर र डा.सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् ।

कार्यकारिणी समितिको केन्द्रीय सदस्य पदमा १२ जना प्रतिस्पर्धीबाट ६ जना निर्वाचित हुने व्यवस्थाअनुरुप क्रमश डा।शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजितकुमार कर्ण, डा. महेश्वर दाहाल, डा.रकसन कर्माचार्य र डा.सविना लम्साल निर्वाचित भएका छन् ।

यसअघि सातै प्रदेशमा एशोसिएसनको प्रादेशिक समितिहरुको निर्वाचन सम्पन्न भएको थिए । प्रादेशिक समितिका अध्यक्षहरु केन्द्रीय कार्यसमितिको सदस्य रहने व्यवस्था छ ।

ranechhap