30, Apr, 2024

मलाई दिल्लीले प्रधानमन्त्री बनाएको भन्ने प्रचण्डलाई पदमा बस्ने अधिकार छैन : एमाले

Bagmati Voice
संवाददाता
२० असार २०८०, बुधबार १५:२२ | ९ महिना अगाडी

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्ने सबै आधार गुमाएको निष्कर्ष निकालेको छ ।

असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको बताएका थिए ।

त्यही अभिव्यक्तिबारे छलफल गर्न बसेको संसदीय दलको बैठकपछि सचेतक महेश बर्तौँलाले भने, ‘संसद्ले बनाएको प्रधानमन्त्रीले संसदले बनाएको होइन दिल्लीले बनाएको भन्ने अभिव्यक्ति हामीले गम्भिरतापूर्वक लिएको छौं ।

प्रधानमन्त्रीले संसद र जनतादेशको अपमान हो । यो प्रधानमन्त्रीको नीजि बिषय होइन। हामीलाई लागेको थियो प्रधानमन्त्री संसदले बनाएको भन्ने तर उहाँ त काहीँ कतैबाट बनेको व्यवहार देखाउनुभयो। त्यही अनुसार हामी भूमिका निर्वाह गछौं ।’

एमालेको तर्फबाट कडा ढंगबाट प्रस्तुत हुने बताए। उनले प्रधानमन्त्रीले पदमा बस्ने सबै आधार गुमाएको जिकिर गरे ।

२० असार २०८०, बुधबार १५:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading