वि.सं.२०८३ असार १५ सोमवार

लुम्बिनीमा बच्चा जन्माउने ठूलो हस्पिटल बनाऔं, संसारभरका बुद्धमार्गी सन्तान जन्माउन आउँछन् : चन्द्र भण्डारी

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले कमसेकम क्रिकेट ग्राउन्ड त बनाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘क्रिकेट ग्राउन्ड त बनाइदिऊँ । कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं । एकैचोटि बनाइदिऊँ न । बजेट छुट्टयाइदिऊँ न तिनका लागि । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले यो कुरालाई पनि बुझ्नुपर्छ ।’

उनले माउन्टेन चढ्ने कुराका लागि पनि विश्वविद्यालय बनाइदिन आग्रह गरे ।

सांसद भण्डारीले भने, ‘लुम्बिनीमा गौतम बुद्धको ठाउँमा जानुस् । बच्चा जन्माउने ठूलो हस्पिटल बनाइदिनुस् हजारौं बेडको । संसारभरका बुद्धमार्गीहरू सन्तान जन्माउन आउँछन् । के छैन नेपालमा ? कहाँ छ हामो सोच, कहाँ छ हाम्रो दृष्टिकोण ? त्यसकारण हामी समयअनुसार चल्न सकेनौं कि समय बुझेनौं कि ? मल बन्छ । त्यसको बारेमा सोच्नपर्दैन ?’

अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

ranechhap