वि.सं.२०८३ असार १५ सोमवार

कोशीमा जेन-जी आन्दोलनपछि रोकिएको सांसदका स्वकीयको पारिश्रमिक नियमित दिने निर्णय

khanepani

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सांसदका स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो । जेन्जी आन्दोलनपछि यस प्रदेशका स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको थियो ।

त्यस्तै आजको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा बराह क्षेत्र नगरपालिका २ सुनसरीका अनिल थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश २०८३लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न स्वीकृत पनि दिइएको छ । त्यस्तै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयकलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

ranechhap