काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्खेतमा भएको यात्रुबाहक हायस दुर्घटनामा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको हायस गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना हुँदा ४ जना यात्रुको निधन भएकोमा दुःख व्यक्त गरेका हुन् ।
उनले मृतकहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रधानमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।








































