वि.सं.२०८३ असार १८ बिहीवार

हिरासतमा रवि लामिछानेसँग शेरजंगले भने, ‘आवाज अलि ठूलो भयो होला, तर आफ्नो ड्यूटी गर्नैपर्‍याे’

khanepani

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउँदा उत्पन्न विवादपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । उनले प्रहरी हिरासतमै पुगेर गुरुङलाई भेटेका हुन् ।

भेटघाटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै रविले गुरुङलाई धन्यवाद दिन आएको बताएका छन् । कानून सबैलाई बराबर हुनुपर्ने उनको भनाइ छ ।

सो भेटमा शेरजंगको भनाइ उद्धृत गर्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन ।’

उनले आफूले मन्त्री भनेर नचिनेको पनि बताएका थिए ।

‘मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि ड्युटी त गर्नैपर्‍यो’, गुरुङले भने ।

रविले गुरुङलाई थुनाबाट ससम्मान रिहा गर्न माग गरेका छन् ।

‘उहाँलाई दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस्’, उनले भनेका छन् ।

ranechhap